प्रधानन्यायाधीश राणाले भोलि मात्रै मुख खोल्ने
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले आफूबारे उठेका प्रश्नको जवाफ भोलि दिने बताउनुभएको छ । आज मुध्दाको सुनुवाईपछि आयोजित पूर्ण इजलासको शोक भेलाबाट उठ्दै उहाँले आफ्ना कुरा भोलि राख्ने बताउनुभएको हो ।
राणाले आफ्नो एकल पूर्ण इजलासमा पाँच वटा मुद्दाको पेसी तोक्नुभएको थियो । उक्त मुद्धाको सुनुवाई सकेर उठ्दै गर्दा उहाँले ‘आज केही बोल्दिन,आफ्ना सबै कुरा भोलि राख्छु’ भन्नुभएको हो ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण न्यायालय शोकमा रहेकाले अहिलेको विवाद र प्रश्नबारे केही नबोल्ने उहाँको भनाइ थियो ।
प्रधानन्यायाधीश राणाका कारण न्यायालयको स्वतन्त्रता र गरिमामा आँच पुगेको भन्दै सर्वोच्चका १५ न्यायाधीशले उहाँको राजीनामा माग्दै तीन दिनदेखि इजलास बहिष्कार गरेका छन् ।
राणाले भने आफ्नै इजलासमा पाँच वटा पेशी तोकेर आदेशसमेत जारी गर्नुभएको छ। उहाँले भोलि पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताउनुभएको छ ।
टिप्पणीहरू