माओवादी आधार क्षेत्रमा एमालेको शक्ति प्रदर्शन

माओवादी आधार क्षेत्रमा एमालेको शक्ति प्रदर्शन

 माओवादीको ‘आधार क्षेत्र’ रोल्पाको थवाङमा एमालेले ‘शक्ति प्रदर्शन’ गरेको छ। जिल्लाका अन्य स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर एमाले नेताहरू थवाङ पुगेका हुन्। वर्तमान एमालेभित्र माओवादी सशस्त्र युध्दका एक जना शीर्षनेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा साविक माओवादी केन्द्रका नेता–कार्यकर्ताको सानो समूहसमेत रहेको छ।

एमाले र माओवादी केन्द्रको एकीकरणलाई सर्वोच्च अदालतले ०७७ फागुन २३ गते अवैधानिक भनेसँगै रोल्पा माओवादी केन्द्रका प्रभावशाली केही स्थानीय नेताले एमाले रोजेका छन्। एमाले रोज्ने पूर्वमाओवादी नेताहरुमा केन्द्रीय सदस्यदेखि वडा कमिटी सदस्यसम्म रहेका छन्।एमाले थवाङको प्रथम पालिका अधिवेशनका लागि केन्द्रीय सदस्य तथा रोल्पा ईन्चार्ज नवीन रोकामगर, प्रदेश सदस्य कुमार दशौदी,जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य बालाराम बुढा,प्रदेश सदस्य ईश्वरी जिएमलगायत थवाङ केन्द्रित छन् ।यसैवीच नेकपा एमालेले थवाङका ज्येष्ठ नागरिक,जनयुध्दका याेद्वा तथा उनीहरूका परिवारलाई सम्मान तथा अभिनन्दन गरेकाे छ। जनयुध्दका याेद्वा फर्कबहादुर बुढा, क. उज्ज्वलकी जीवनसंगीनी जमानसरी बुढा,स्थानीय ईमानसरी राेका र बर्णा घर्तिमगरलाई एमाले केन्द्रीय सदस्य नवीन राेकामगरले खादा ओढाएर अभिनन्दन र सम्मान गरेका हुन् ।

टिप्पणीहरू