आज कुमार र चोलेन्द्र श्रीमानको संयुक्त इजलास
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले आज ८ वटा इजलाशमा १७२ वटा मुद्दाको पेशी तोक्नुभएको छ । न्यायाधीशहरुको इजलाश बंकका बीच सात वटा संयुक्त र एक वटा एकल इजलाशमार्फत १७२ वटा मुध्दाको पेशी तोकिएको हो ।
यसअघि आफ्नो एकल इजलाशमा मुध्दाको पेशी तोक्नुभएका चोलेन्द्रले आज आफूसहित कुमार चुडालको संयुक्त इजलाशमा ३१ थान मुध्दाको पेशी तोक्नुभएको हो । उहाँहरुको संयुक्त इजलाशमा अधिकांश जालसाजी,पुनरावेदन फिर्ता,लिखत बदर र उत्प्रेषण, परमादेशलगायतका मुध्दा पेशीमा चढेका छन् ।
गत आइतबारको टी ब्रेक छि न्यायाधीशहरुले इजलाश बहिष्कार गर्दै आइरहेको भए पनि आज दीपककुमार कार्की र प्रकाशमानसिंह राउत,मीरा खड्का र सुष्मालता माथेमा,हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र कुमार रेग्मी,टंकबहादुर मोक्तान र हरिप्रसाद फुयाल,प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्मा अनि आनन्दमोहन भट्टराईको एकल इजलासमा गरी १७२ वटा मुद्दाको पेशी तोक्नुभएको छ ।
हिजो केही अधिवक्तासँगको भलाकुसारीमा प्रधानन्यायाधीश राणाले आजबाट आधा न्यायधीश इजलासमा फर्कने विश्वास व्यक्त गर्नुभएको स्रोतले बताएको छ ।
यसैबीच सर्वोच्चका अन्य सहकर्मी न्यायाधीशहरुले इजलाश बंक गरिरहँदा न्यायाधीश ईश्वर खतिवडा अमेरिकातिर हुनुहुन्छ भने न्यायधीशद्वय सपना मल्ल प्रधान र अनिल सिन्हा परिवारसहित खप्तडबाट फर्कने क्रममा हुनुहुन्छ । उहाँहरु त्यताबाट आइतबारमात्र राजधानी उत्रने कार्यक्रम छ ।
टिप्पणीहरू