न्यायाधीशहरुलाई वकिलहरुको ३ दिने अल्टिमेटम, अवहेलना मुद्दाको चेतावनी

न्यायाधीशहरुलाई वकिलहरुको ३ दिने अल्टिमेटम, अवहेलना मुद्दाको चेतावनी

सर्वोच्च अदालतमा इजलास बहिष्कार गर्दै आउनुभएका १५ जना न्यायाधीशहरुलाई एकथरि वकिलहरुले इजलास सुचारु गर्न माग गरेका छन् । उनीहरुले इजलास सुचारु गर्न तीन दिनको अल्टिमेटम समेत दिएका हुन् ।

स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियान, केन्द्रीय समितिले सोहीबारे आज मध्यान्ह पत्रकार सम्मेलन गर्ने जनाएको छ । उनीहरुले जनतको करबाट तलब भत्ता लिएर जनतालाइै गैरकानुनी हिरासत र थुनामा राखिएकाहरुको बन्दीप्रत्यक्षीकरण रिट, थुनुवाका मुद्दा समेत नहेरेको भन्दै न्यायाधीशहरुप्रति आपत्ति जनाएका छन् ।

अभियानले आफूहरु न्यायालयको आमूल सुधारको पक्षमा रहेको जनाउँदै हिजो सोबारे सर्वोच्चमा रिट हालिएको उल्लेख गर्दै मुद्दा हेर्न नथालेमा न्यायाधीशहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गर्नेसम्मको चेतावनी दिएको छ । अन्यथा, आन्दोलनका थप कार्यक्रम तय गर्ने समेत उनीहरुले बताएका छन् ।

टिप्पणीहरू