आज चार सयको हाराहारीमा संक्रमित थपिँदा आठ जना बिते

आज चार सयको हाराहारीमा संक्रमित थपिँदा आठ जना बिते

आज मुलुकभर ४ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ५ सय १८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज ८ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय ३१ जनामा पीसीआर तथा २ हजार १ सय ६८ जनामा एन्टिजेन गरी ७ हजार ८ सय ९९ जनामा परीक्षण गरिँदा उक्त संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै ९ हजार ३ सय ७६ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ४ प्रतिशत देखिएको छ ।

त्यस्तै, संक्रमितको मृत्यु दर १ दशमलब ४ प्रतिशत भएको बताइएको छ ।

टिप्पणीहरू