पत्रकारद्वारा नै पत्रकारको शिकार

पत्रकारद्वारा नै पत्रकारको शिकार

तिहारको मुखमा सरकारी स्वामित्वको गोरखापत्र संस्थानले आफ्ना २८ जना पत्रकारलाई कामबाट निकालेको छ । पत्रकारले प्रशासनिक नेतृत्व सम्हालेको संस्थानले नै विभिन्न जिल्लामा संवाददाता र स्ट्रिन्जरका रुपमा कार्यरत त्यति धेरै पत्रकारलाई एकैचोटी हटाएको हो ।

संस्थानले हिजो सार्वजनिक गरेको सूचनामा २८ जना रिपोर्टर तथा स्ट्रिन्जरहरुलाई कामबाट हटाएको जनाइएको छ । त्यसरी हटाइनेहरुमा पत्रकारहरु राजेन्द्रबहादुर ठगुन्ना, पुष्पराज भट्टराई,भवानी सिंह ऐर, दिवाकर पोख्रेल,टिकाबहादुर बस्नेत, बिष्णुलाल बुढा,बिमलराज डाँगी, एकराज गिरी,रेशम बि.क., यादवराज पुरी,देवरामप्रसाद यादव, किशोर बि.क.टीकाराम उप्रेती र मनोजकुमार भट्टराई छन् ।
त्यस्तै, विवेक राई,दिब्यकुमारी राई, स्मिता अधिकारी,ज्ञानुमाया पंगेनी, कोकिला भण्डारी,चाँदनी आचार्य, सुवास लामिछाने,तारादेवी दुवे, प्रकाशचन्द्र भट्टराई,शिवकुमार काशी रिजाल,चन्द्रप्रकाश शर्मा, रामहरि गजुरेल,हेमनाथ खतिवडा र विदुर खतिवडालाई पनि कामबाट हटाएको संस्थानको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू