सुदूरपश्चिममा मिर्गौला पिडितहरुको पीडा, काठमाडौं बेखबर
सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालमा डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भारत अथवा काठमाडौं नै धाउनुपर्ने बाध्यता रहेको हो ।
डायलासिसका लागि अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाएको देखिन्छ । कतिपय बिरामीहरू भने उपचारको पालो कुरिरहेका छन् तर विश्वासिलो र भरपर्दो अवस्था छैन । अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधि समेत नपाईंदा बिरामीहरू चर्को मूल्य तिरेर निजी फार्मेसीबाट औषधि खरिद गर्न बाध्य छन् ।
सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ्ग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ ।
प्रदेशको एक मात्र सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि सेवा त्यति प्रभावकारी नहुँदा सेवाग्राही हैरानी खेप्न बाध्य भएका हुन् । ६ वटा मेशिनबाट मात्रै सेवा प्रदान भइरहँदा बिरामीहरूले पालो कुर्नै पर्ने बाध्यता रहेको छ । अर्कोतर्फ अस्पतालको फार्मेसीमा डायलासिसको लागि सामान्य औषधि समेत नपाईंदा थप समस्या देखिएको बिरामीका आफन्तहरूको गुनासो छ ।
सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ्ग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ । अस्पतालसँग १० वटा मेसिनबाट सेवा प्रदान गर्ने सहमति भए पनि हाल ६ वटा मेसिन मात्रै सञ्चालनमा छन् ।
अस्पतालको फार्मेसीमा डायलासिसको लागि सामान्य औषधि समेत नपाईंदा थप समस्या देखिएको बिरामीका आफन्तहरूको गुनासो छ ।
एक हप्तामा ५३ जनाले डायलासिस सेवा लिइरहेको विरंग हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले जानकारी दिए । सामान्य डायलासिसको सेवा प्रदान गरिए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौँ अथवा भारत नै जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।
बढ्दो पत्थरी, मधुमेह, उच्चरक्तचाप र अस्तव्यस्त जीवनशैलीका कारण नै मिर्गौला फेल हुने क्रम बढेको विभिन्न अध्ययनहरुबाट देखिएको छ । सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न पर्याप्त रकम नहुँदा अस्पतालमै ज्यान जाने चिन्तामा बिरामीहरु बाँचेका छन् ।
टिप्पणीहरू