ज्यान मार्न खोज्ने जेल चलान

ज्यान मार्न खोज्ने जेल चलान

ज्यान मार्ने उद्योग मुद्दामा सजाय पाई फरार रहेका एकजनालाई प्रहरीले समातेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ११ का २५ बर्षीय सन्तोष राई रहेका छन् ।

उनलाई पक्राउ गरी सुनसरी अदालतमा बुझाईएको छ । सो अदालतले राईलाई २०७६ फागुन १५ गते ज्यान मार्ने उद्योगमा १ बर्ष ६ महिना कैद तोकेको थियो । सजाय तोकिएपछि कैद भुक्तान गर्नुको बदला राई लुक्दैछिप्दै हिंड्ने गरेका थिए ।

लगत नम्बर ९४२० मा कैद बेरुजु देखिएका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय,आरआईटीको टोलीले हिजो पक्राउ गरेको हो । पक्राउ परेका राईलाई आजै सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

टिप्पणीहरू