कागेश्वरीको वडामा एकीकृत समाजवादीको कार्यालय

कागेश्वरीको वडामा एकीकृत समाजवादीको कार्यालय

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ मा नेकपा एकीकृत समाजवादीले पार्टी कार्यालय खोलेको छ । आज बिहान आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले वडा कमिटी कार्यालयको उद्घाटन गर्नुभएको हो ।

स्थानीय तेजविनायक चोकमा पार्टी कार्यालय उद्घाटनसँगै तिहार, नेपाल संवत ११४२, छठवर्प एवम् ल्होसारको शुभअवसरमा जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

पार्टीको वडा कमिटी अध्यक्ष बालमुकुन्द दाहालको अध्यक्षता र पार्टी अध्यक्ष नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्य टलबहादुर खड्का, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष वसन्त मान्नधरको उपस्थिति रहेको थियो ।

त्यसैगरी केन्द्रीय लेखा आयोग सदस्य तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, केन्द्रीय परिषद सदस्य भरत फुयाल, काठ्माण्डौँ क्षेत्र नम्बर २ क्षेत्रीय अध्यक्ष रूद्रप्रसाद चापागाईं, वडा कमिटी सचिव राम पुडासैनी, नगर कमिटी सदस्यलगायत झण्डै डेढ सयको उपस्थिति रहेको बताइन्छ ।

टिप्पणीहरू