न्युजिल्याण्डमा विश्वको सबैभन्दा ठूलो आलु

न्युजिल्याण्डमा विश्वको सबैभन्दा ठूलो आलु

न्युजिल्याण्डमा विश्वको सबैभन्दा ठूलो आलु फलेको छ । कोलिन र डोन्ना क्रेग ब्राउनको जोडीले आफ्नो करेसाबारीमा कुनै विशेष योगदान नगरी उक्त आलु फलेको बताएका छन् ।

वाइकाटो क्षेत्रको न्गाहिनापोउरी बस्ने उक्त जोडीले जाडो सकिएर गर्मी शुरु हुन लाग्दा आलु फेला पारेको आलु झण्डै ८ किलोको छ ।

दम्पत्तिका अनुसार खन्नेबित्तिक्कै आलुको तौल ७ केजी ९ सय ग्राम जोखिएको थियो । यो आलु नै अहिले संसारमा सबैभन्दा ठूलो हुन सक्ने अनुमान गरिएको छ । यसअघि बेलायती तरकारी उत्पादक पिटर ग्लेजब्रुकले सन् २०११ मा ४ किलो ९ सय ८० ग्राम तौलको आलुलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा दर्ता गराएका थिए ।

न्युजिल्याण्डको पछिल्लो आलुलाई विश्व कीर्तिमानमा अभिलेखीकरणको प्रक्रिया अघि बढेको बताइएको छ । तर,लामो प्रक्रिया भएकाले अहिले नै आलुले आफ्नो पहिलेको तौलबाट झण्डै १ किलो भने घटाइसकेको छ । त्यतिञ्जेलको निम्ति आलुलाई सुरक्षितसँग फ्रिजमा राखिएको छ ।

स्रोत : विभिन्न समाचार एजेन्सी ।

टिप्पणीहरू