एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आगामी शनिवार र आइतबार
नेकपा एकीकृत समाजवादी पार्टी, केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा डाकिएको छ ।
सानेपास्थित हेरिटेज गार्डेनमा २७ गते बिहान ११ बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।
टिप्पणीहरू