प्रधानन्यायाधीश पक्षधरहरुलाई प्रहरीले समात्यो

प्रधानन्यायाधीश पक्षधरहरुलाई प्रहरीले समात्यो

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यायपालिका बचाउन भन्दै नाराबाजीसहित नेपाल बार एसोसिएसन परिसरमा प्रवेश गर्न खोजेका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले ‘न्यायालय बचाऔं’ भन्ने नारा लगाएका थिए ।

नारा लगाएर जबरजस्ती गर्न खोजेकाहरु कानुन व्यवसायी नभएकाले भवनभित्र प्रवेश गर्न नदिइएको प्रहरीको भनाइ छ । तर प्रहरीले रोक्दा रोक्दै पनि जबर्जस्ती भित्र प्रवेश गरेपछि उनीहरूलाई त्यहाँबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरुमा तारा बरालगायत प्रधानन्यायाधीश समर्थकहरु छन् ।

टिप्पणीहरू