नेप्सेको ओरालो यात्रा निरन्तर
सेयर बजारको मापक नेप्से परिसूचक घट्ने क्रम आज पनि कायम छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक आज झण्डै ६० अंकले घटेको छ ।
हिजो सार्वजनिक बिदाका कारण बजार बन्द थियो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि आज निकै सुस्ताएको छ । नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ६३ अंकले घटेको छ । यसअघिको कारोबारमा साढे ६ अर्ब रुपैयाँ बढीको शेयर किनबेच भए पनि आज जम्मा ५ अर्ब ११ करोडमा कारोबार रोकिएको छ ।
टिप्पणीहरू