कोरोनालाई दुई पटक हराएका डिएसपी निमोनियाबाट आफैँ पराजित
सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) लोकनाथ तिमिल्सिनाको निमोनियाबाट निधन भएको छ । दुई पटकसम्म कोरोनालाई जितेका तिमिल्सिनाको आज बिहान निमोनियाका कारण मृत्यु भएको हो ।
दशैं अघिदेखि नै बिरामी भएका तिमिल्सिनाको आज उपचारको क्रममा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार मृतक तिमिल्सिना बिरामी परेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नोबेल अस्पताल बिराटनगर पुर्याएको थियो ।
बिराटनगरमा उपचार गराउँदा पनि डिएसपी तिमिल्सिनाको अवस्था गम्भीर भएपछि हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौंस्थित प्रहरी अस्पताल ल्याइएको थियो ।
टिप्पणीहरू