समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ
समाजवादी प्रेस संगठनले २ सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएको घोषणासभामा उक्त जानकारी दिइएको हो ।
कार्यसमिति अध्यक्षमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ हुनुुहुन्छ । महासचिवमा भुपराज खड्का र १२ जना उपाध्यक्ष, दुई जनालाई उपमहासचिव र तीन जनालाई सचिव बनाइएको छ । अन्य संस्थापक सदस्यको रुपमा रहेका छन् ।
सभालाई एकीकृत समाजवादीका अध्यक्ष नेपाल, उपमहासचिव तथा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र अध्यक्ष श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।
केन्द्रीय समितिको पूर्ण विवरणको लागि संलग्न विवरण हेर्नुहोला ।
[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/11/समाजवादी-प्रेस-संगठन.pdf” title=”समाजवादी-प्रेस-संगठन”]
टिप्पणीहरू