बारले सर्वोच्च केन्द्रित आन्दोलन गर्ने

बारले सर्वोच्च केन्द्रित आन्दोलन गर्ने

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै आन्दोलन चर्काइरहेको नेपाल बार एसोसिएसनले आन्दोलनलाई सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ ।

प्रधानन्यायाधीश राणा समर्थकहरु पनि प्रदर्शनमा उत्रिएपछि बारले उपत्यकाका सबै आन्दोलनलाई सर्वोच्च परिसरमै केन्द्रित गर्ने भएको हो ।

बारका महासचिव अधिवक्ता लिलामणि पौडेलले प्रधानन्यायाधीश राणाले आफूहरुको आन्दोलन कमजोर बनाउन भिजिलान्ते प्रयोग गरेको आरोप लगाउनुभएको छ

। सर्वोच्च अदालत परिसरमा आज आयोजित बिरोधसभालाई सम्बोधन गर्दै उहाँले कानुन व्यवसायीको आन्दोलनलाई दबाउन भाडाका मानिस प्रयोग गरिएको दाबी गर्नुभयो ।

आन्दोलन दबाउन र प्रतिकार गर्न कमिशनको पैसाको प्रयोग गरिएको बारको आरोप छ ।

टिप्पणीहरू