ट्याक्सीका समस्या सुल्झाउन माग

ट्याक्सीका समस्या सुल्झाउन माग

ट्याक्सीमा भएका समस्याको अन्त्य गरि निश्चित मापदण्ड लागू गर्न सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आग्रह गरेको छ । ट्याक्सीमा वर्षौंदेखि रहेका समस्याको समाधान गर्दै अघि बढ्न महांसघले सुझावसमेत दिएको छ ।

महासंघले ट्याक्सी व्यवसाय सञ्चालन गर्न आवश्यक स्रोत र साधनबारे यातायात व्यवस्था कार्यालय, एकान्तकुनालाई लिखित अवगत गराएको हो । समयसापेक्ष भाडादर समायोजन गर्न, ट्याक्सीको निश्चित मापदण्ड लागू गर्नु पर्ने जस्ता कुराहरुमा महासंघले सुझाएको छ ।

व्यवसायीहरुले साधारण, डिलक्स, सुपर डिलक्स ट्याक्सीको छुट्टाछुट्टै भाडादर कायम गर्न माग गरेका छन् । सार्वजनिक सवारी साधनमा जडान गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट खारेज गर्नेतर्फ पनि यातायात कार्यालयको ध्यानाकर्षण गराइएको छ ।

राज्यको ऐन कानुन विपरीत गैरकानुनी रुपमा सञ्चालन भइरहेका दुई पाँङ्ग्रे र चार पाँङ्ग्रे सवारी साधनमा रोक लगाई सार्वजनिक सवारी साधालाई प्रविधिमैत्री बनाउन महासंघले जोडदार माग गरेको छ ।

यता, उपत्यकाका तीन वटै जिल्लामा भएका पुराना ट्याक्सी स्ट्याण्डलाई विस्थापना गरि नयाँ ट्याक्सी स्ट्याण्डको व्यवस्था गर्न भनिएको छ ।

यातायात व्यवस्था प्रालिको सिफारिस बिना ट्याक्सीको नामसारी र नवीकरण नगर्न र अस्थायी पटके दिने व्यवस्था गर्न समेत आग्रह गरिएको छ ।

 

टिप्पणीहरू