अमेरिकी सहायक विदेशमन्त्री ललितपुरमा, दिउँसो सिंहदरबारमा

अमेरिकी सहायक विदेशमन्त्री ललितपुरमा, दिउँसो सिंहदरबारमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाली सम्पदा अवलोकनको निम्ति पाटन दरबार क्षेत्र पुग्नुभएको छ ।

सहायक मन्त्री लु केही बेरअघि मंगलबजारस्थित पाटन संग्रहालय अवलोकनको निम्ति त्यहाँ प्रवेश गर्नुभएको छ ।

मन्त्रीसँगै अमेरिकी राजदूत रेण्डी बेरी पनि त्यहाँ पुग्नुभएको छ । अस्ति साँझ काठमाडौं ओर्लनुभएका उहाँ हिजो र आज राजनीतिक भेटघाटमा पनि व्यस्त हुनुहुन्छ । आज दिउँसो उहाँले विभिन्न मन्त्रालयका मन्त्री र राजनीतिक दलका शीर्ष नेतृत्वसँग सिंहदरबारमा छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

हिजो साँझ उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको थियो । वार्तामा औपचारिक रुपमा दुई देशबीचको सम्बन्ध र आपसी सहायता अभिवृद्धिबारे कुराकानी भएको बताइए पनि अनैपचारिक रुपमा एमसीसी सम्झौता कार्यान्वयनलाई अमेरिकी पक्षले जोड दिएको बताइएको छ ।

टिप्पणीहरू