विप्लव निकट जनवर्गीय संगठनहरुको चर्को बिरोध

विप्लव निकट जनवर्गीय संगठनहरुको चर्को बिरोध

पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र उसका जनवर्गीय संगठनले आज काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । उनीहरुले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय बाहिर जुलुस र नाराबाजी गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर पछिल्लो समय विप्लव माओवादीले बिरोध जनाउँदै आएको छ । मंगलबार उसले नेपाल बन्दको कार्यक्रम राखेको थियो । जनवर्गीय संगठनको आयोजनामा सम्पन्न आजको कार्यक्रम अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा भएको हो ।

प्रदर्शनकारीले निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेललाई ज्ञापनपत्र समेत बुझाएका छन् । त्यसअघि प्रदर्शनकारीहरुले मूल्यवृद्धि खारेज गर, जनतामारा दलालहरु होशियार, नालायक सरकार मुर्दावाद, एकीकृत जनक्रान्ती जिन्दावाद भन्ने नारा लगाएका थिए ।

टिप्पणीहरू