भएभरका नेता रामदेवको टेलिभिजनमा

भएभरका नेता रामदेवको टेलिभिजनमा

आजदेखि प्रशारण शुरु भएको भारतीय योगगुरु रामदेवको नेपाली टेलिभिजन उद्घाटन कार्यक्रममा प्रमुख राजनीतिक दलका अधिकांश नेता पुगेका छन् । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवादेखि सत्ता गठबन्धनका सबैजसो दलका नेताको उपस्थिति देखिएको छ ।

आज बिहान काठमाडौंको मण्डिखाटारमा पतञ्जलि नेपाल टिभी र आस्था नेपाल टिभी भूउपग्रहबाट प्रशारण गर्ने गरी उद्घाटन गरिएको छ । उद्घाटन प्रधानमन्त्री देउवाले गरे पनि समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधिलगायत पुग्नुभएको हो ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको भने उपस्थिति नरहेको बताइएको छ । भारतीय मन्त्री नितिन गडकरी भने भर्चुअल माध्यमबाट उपस्थित भएका हुन् ।

टिप्पणीहरू