स्नोबोर्डमा बसेकी ११ महिनाकी बच्चीको भिडियो भाइरल

स्नोबोर्डमा बसेकी ११ महिनाकी बच्चीको भिडियो भाइरल

चीनमा ११ महिनाकी सानी काखे बालिकाले तहल्का मच्चाएकी छन् । भर्खरै शुरु भएको हिउँदसँगै चीनको उत्तरी र उच्च भेगमा हिउँ पर्न थालेको छ । धेरैजसो युवा पुस्ता हिउँमा चिप्लेटी खेल्न उत्साही देखिन्छन् । तर, त्यही भीडमा एउटी काखे बालिकाले सबैलाई अचम्म तुल्याइदिएकी छन् ।

नयाँ हिउँको मौसम शुरु भएकाले उत्साही स्की खेलाडी, सिकारु र स्नोबोर्डरहरू स्थानीय चोङ्लीमा चिप्लिनको लागि निकै हतारमा देखिन थालेका छन् । तीमध्ये ११ महिनाकी वाङ युजी पनि हुन् । जो मुस्किलले आफैँ हिँड्न सक्छिन् ।

उनले स्नोबोर्डमा बसेर पहाडमा चिप्लेटी खेलेको भिडियो भर्खरै सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोले चीन र विश्वमा धेरैको ध्यान आकर्षित गरेको छ ।

भिडियोमा बालिकाकी पिताले उनको स्नोबोर्डलाई डोरीले तानेर स्नोबोर्डिङको अनुभव गराएका छन् । उनले भने, ‘चिप्लिन खुब रमाउँछिन् । तर, आफैँले नियन्त्रण गर्न नसक्ने भएकाले उनलाई सहज ठाउँमा बोर्डमा राखेर छाडिदिन्छौं ।’

बालिकाकी आमाले पनि छोरीको बोर्डिङ भिडियो इन्टरनेटमा यति लोकप्रिय हुने कल्पना नै नगरेको प्रतिक्रिया दिएकी छन् । छोरीप्रतिको माया र उनको इच्छामा देखाइएको समर्थनको लागि सबैमा आभार समेत व्यक्त गरेकी छन् ।

उनी भन्छिन्, ‘म र उनका बुबा दुबै एक्स्ट्रा एक्टिभिटिज मन पराउँछौं । त्यसैले हामी आगामी हिँउदे ओलम्पिकको सहआयोजक शहर चोङ्लीमा आएका हौं । विशेषगरी छोरीलाई स्नोबोर्डिङको अनुभव गराउन ।’

https://v.xinhua-news.com/static/view?dest=BtMDEkJnhoczkyISstMTYzNzI1MDYzNjkzOC0vZHNwX0FWL2F2Y192aWRlby8yMDIxMTEvMTgvWHhqc3BlRTAwNzAyN18yMDIxMTExOF9DQlZTTjBBMDAxXzIwNDhrX0wubXjdA0&fbclid=IwAR2Lo_EPD0l3Y5PalQ9Wlg4Y4u6-RUNrcoCEyPurAuNzgFzRJd1v4Ijtp4U
स्रोत : सिन्ह्वा

टिप्पणीहरू