नेकपा समाजवादीको चितवनमा पनि राम्रो जमघट

नेकपा समाजवादीको चितवनमा पनि राम्रो जमघट

नेकपा एकीकृत समाजवादीको आज चितवनमा भएको कार्यक्रममा कार्यकर्ताको राम्रो उपस्थिति देखिएको छ । केही दिन पहिले सुदूरपश्चिम र पूर्वमा देखिएझैँ आज चितवनमा पनि कार्यकर्ताको राम्रो उपस्थिति पाइएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय नेतासहित बागमती प्रदेशका मुख्यमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको उपस्थिति थियो ।

आजै अध्यक्ष नेपालसहितका नेताहरुले जिल्ला कार्यालयको समेत उद्घाटन र अवलोकन गर्नुभएको छ ।

टिप्पणीहरू