भक्तपुरमा २० वर्षेले गरे ३१ वर्षीयामाथि जबरजस्ती करणी

भक्तपुरमा २० वर्षेले गरे ३१ वर्षीयामाथि जबरजस्ती करणी

भक्तपुरमा एक जना युवालाई महिलालाई जबरजस्ती करणी गरेका छन् । स्थानीय चाँगुनारायण नगरपालिका ५ छालिङ बस्ने २० वर्षे नितेश दथेपुथेले ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेका हुन् ।

दथेपुथेलाई हिजो राति नै प्रहरीले पक्राउ गरेको छ । नितेशले ती महिलालाई जबरजस्ती करणी गरेको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू