पर्वतमा घरेलु उत्पादनको प्रदर्शनी

पर्वतमा घरेलु उत्पादनको प्रदर्शनी

पर्वतमा घरेलु उत्पादनको प्रदर्शनी मेला शुरु भएको छ । मोदी गाउँपालिकाले उद्योग दिवसको अवसर पारेर गाउँपालिकास्तरीय स्थानीय घरेलु उत्पादनको प्रदर्शनी मेला शुरु गरेको हो ।

प्रदर्शनीमा जिल्लाको सबैभन्दा होचो मोदीखोलाको सतहदेखि सबैभन्दा अग्लो हम्पालसम्म उत्पादन भएका घरेलु, कृषि, पशु तथा अन्य उद्यमहरु प्रदर्शनमा राखिएको छ ।

गाउँपालिकाको चित्रे, भुक, क्याङ, लेस्पार, देउरालीलगायतका स्थानबाट स्थानीय संस्कृतिसहितको घरबास झल्किने गरी खाना तथा परिकार समेत प्रदर्शनीस्थलमा राखिएको छ भने उच्चभूभागमा उत्पादन हुने अल्लोका कपडा, नेपाली कागजबाट बनेका विभिन्न सामग्री प्रदर्शनीमा आकर्षणका रूपमा राखिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी विशेषगरी स्थानीय उत्पादनको प्रचारप्रसार र उद्यमीलाई प्रोत्साहन दिलाउने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।

हिजोदेखि शुरु भएको मेला भोलिसम्म सञ्चालन हुने छ ।

टिप्पणीहरू