के नै बित्थ्यो र नजाँदैमा कमरेड !

प्रधानमन्त्री केपी ओली जतिबेला अमेरिकी महाद्विपको केन्द्रीय भाग र निकारागुवासँगै जोडिएको देश कोस्टारिकामा मानार्थ विद्यावारिधी हासिल गरिरहनुभएको थियो, ठीक त्यही बेला नेपालको उत्तरी छिमेकी राष्ट्र चीनको हवेई प्रान्तस्थित एउटै या¨त्से नदी थुनेर २२ हजार मेगावाट विद्युत उत्पादन हुने थ्रीगर्जेज परियोजना छेउअवस्थित एक विश्वविद्यालयबाट मानार्थ प्राध्यापकको उपाधी लिन पार्टीका अर्का वरिष्ठ नेता माधव नेपाल पुग्नुभयो ।

माधव नेपालमाथि एउटा गुनासो छ, निम्तो आएजति विदेशी कार्यक्रम नछाड्ने । अनि यसबारे अध्यक्ष केपी ओलीलाई सुनाउँदा उहाँले पनि ‘जानुस्–जानुस्’ भनेरै हौस्याउने । तर, बैठक, छलफलहरु चल्दाचाहिँ विदेशकै मामिलालाई लिएर कहिलेकाहीँ होच्याउनेखालका कुरा पनि हुने ।हुँदाहुँदा क्रिश्चियन धर्म फैलाउन कस्सिएका पूर्वमन्त्री एकनाथ ढकालले माधवलाई अरु विभिन्न ठाउँ त डुलाए– डुलाए, मंगोलिया र म्यानमार पनि लैजान तम्सिएका थिए । किनभने, नेपालमा छिट्टै एउटा शान्ति सम्मेलन हुँदैछ । उक्त सम्मेलनका लागि ती देशका राष्ट्रपतिहरुलाई निम्तो दिन भन्दै बरिष्ठ नेतालाई लैजाने प्रयास थियो । तर, माधव त्यसमा जानुभएन । माधव नगएपछि प्रधानमन्त्री केपी ओलीको निकटस्थ रहेर काम गरिरहेका अघोषित परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई लिएर उनी म्यानमार पुगेका हुन् । अर्का छन्, किसान महासंघका महासचिव तथा राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटा, जो अचेल माधव नेपाललाई लिएर बाक्लै घुम्न निस्कन्छन् । वामदेव गौतमको भित्री समूहका उनले केही समयअघि लाभिया क्याम्पेसिना नामक विश्व समाजवादी तथा खाद्य सम्प्रभूता पक्षधर संगठनात्मक सञ्जालको कार्यक्रमका दौरान माधवलाई ब्राजिलपछि बेल्जियम हुँदै अफ्रिकी मुलुक घानासम्म पु¥याए । नेकपाकी स्थायी कमिटी सदस्य पम्फा भुषाल पनि यो यात्रामा थिइन् । उताबाट फर्किएर आएपछि यता भक्तपुरको खरिपाटीमा मदन भण्डारी एशियन स्कुल सञ्चालन भयो, जहाँबाट विश्वको विभिन्न मुलुकका कम्युनिष्ट अभियन्तालाई नेपालको कम्युनिष्ट, समाजवादी आन्दोलनबारे शिक्षा दिइँदैछ ।

माधवको स्वभाव कस्तो भने, दारुपानी नछुनेमात्र हैन, त्यस्तो कुलतमा लागेका मान्छेलाई छेउ पर्न पनि नदिने । झिल्केमिल्के स्वभाव पनि पटक्कै छैन । तर, विदेश भनेपछि जहाँ पनि पुग्ने कुरामा उहाँको कमजोरी भयो भन्दै निकटस्थहरुले धेरैपटक भनिसकेका छन् । यसो भनिँदाभनिँदै पनि फेरि पार्टी र सरकारका कार्यशैलीबारे संसददेखि चियापानसम्म असन्तुष्टि राख्दै मानार्थ उपाधी लिन चीन पुग्नुभएकोमा अर्को गुनासो थपिएको छ । 

टिप्पणीहरू