बिदेशीले यसरी गर्दैछन् हाम्रो बेइज्जती

चोर बाटोबाट पैसा कमाई हुन्छ भन्ने नाममा देशको छवि नै खत्तम पार्ने काम भइरहेको छ– विदेशी पर्यटकको फेक रेस्क्युका नाममा सद्दे मान्छेलाई लठ्ठिने औषधी खुवाउँदै र सोको फाइदा उठाएर बाहिरका अखवारमा नेपालविरुद्ध धारावाहिक समाचार लेखाउँदै  । 

विदेशी पर्यटकका लागि राम्रो, सस्तो र सुन्दर गन्तव्य हो नेपाल । नक्कली उद्दारका नाममा केही अस्पताल र हेलिकोप्टर कम्पनीले डलरमा रकम असुल्छन् भनेर एकजना बेलायती नागरिक ड्यानी केनले गार्डियनलगायत ६ वटा पत्रिकामा लेखाए । उनकाअनुसार, यो वर्षमात्र सोह्रसय हेलिकोप्टर रेस्क्यु भयो । जसमध्ये ३५ प्रतिशत नक्कली थियो र यसबाट इन्स्योरेन्स कम्पनीहरुलाई ४ मिलियन डलर चुना लाग्यो । ट्राभलर एसिस्ट नामक इन्स्योरेन्स कम्पनीमा कर्मचारी रहेका उनी अहिले आएर सबैलाई इमेल पठाउँदै हामीमार्फत् नेपाल गए सहज हुन्छ, नत्र ठगिन्छौ भन्दै आफ्नो व्यापार बढाउन कस्सिएका छन् । यही हल्लाका कारण पर्यटक आगमन दर घट्दो अवस्थामा छ । नेपालमा विदेशी आकर्षित हुने मुख्य पदयात्रा (ट्रेकिङ) र समिट टुरिज्म मुख्य विषय हुन् । त्यही घटेपछि के बाँकी रह्यो र ? 

पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपक जोशी फेक रेस्क्युको जालो भित्रभित्रै निक्कै जेलिएको स्वीकार्छन् । तर, पुरानो बुकिङका आधारमा आउने पर्यटकमा कमी नआएको उनको दावी छ । जस्तो कि, २ सय ८० सीटको टर्किस एयर जहाज हालै काठमाडौं अवतरण हुँदा २ सय ७५ विदेशी थिए । फेक रेस्क्युको कुरा बाहिर धेरैलाई थाहा नहुँदा अस्पताल र हेलिकोप्टर कम्पनीको मिलेमतोमा अचाक्ली नै भयो । यही संकेत पाएर सरकारले कार्यविधि बनाएको छ । फेक रेस्क्युका कारण युरोपियन देशबाट हुने पर्यटक आगमनमा असर पर्ने पर्यटन बोर्डको निश्कर्ष छ । बिशेषगरी जर्मन, फ्रान्स र बेलायतबाट आगमन दर प्रभावित हुने सम्भावना देखिन्छ । समग्रमा अहिलेसम्म त संख्या घटेको छैन, बरु बढेकै छ । तर, यो हल्ला बढी भयो भने केही न केही असर अवश्य गर्छ । 

हल्लाका कारण यसबीच, कतिपय भ्रमण रद्द भएका छन् । बेलायती कम्पनी एसिस्ट ट्राभल बीमा कम्पनी र हस्पिटललाई सघाउने गाइडजस्तो हो । त्यहाँका कर्मचारी अहिले हेलिकोप्टर कम्पनीलाई इमेल गरेर ‘आफूमात्र कमाउने’ भन्दै अप्रत्यक्ष चेतावनी दिन थालेका छन् । नेपाल आउने पर्यटकले विभिन्न ९ विदेशी कम्पनीमार्फत् जीवन बीमा गर्दछन् । तीमार्फत आउनका लागि नेपालमा सहज छैन, नक्कली काममा फसिन्छ, फेक इन्स्योरेन्स र रेस्क्यु हुन्छ, भनेर उनीहरु पर्यटकलाई तर्साइरहेका छन् । त्यसो भनेर आफ्नो कम्पनीबाट बीमा गराउने परिपञ्च रचिएको कतिको आरोप छ । पत्रिकामा लेखाउने पनि त्यहीँका कर्मचारी हुन् । 

टिप्पणीहरू