जनगणना, बाघ गणनापछि पुस्तकालय गणना

जनगणना, बाघ गणनापछि पुस्तकालय गणना

सरकारले देशभर सञ्चालनमा रहेका पुस्तकालयको विवरण संकलन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण संकलन गर्न थालेको हो ।

रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क संकलन शुरु गरिएको बताइएको छ । देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सु–सञ्चालनका लागि तथ्याङ्क संकलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनवटै तहका सरकारलाई सहजता दिने विश्वास लिइएको छ ।

हाल मुलुकभरि करिब एक हजार सामुदायिक पुस्तकालय रहेका छन् । पठन संस्कृतिको विकास गर्नु र डिजिटल माध्यमको प्रयोगसँगै सार्वजनिक पुस्तकाललमा पाठक बढाउने चुनौती थपिएको छ । डिजिटल माध्यमको प्रयोग बढेसँगै पुस्तकालय जानेको संख्यामा कमी आएको छ ।

हालै मात्र राष्ट्रिय जनगणनाको मूल कार्य सकिएको छ । पुस मसान्तभित्र सकाउने गरि बाघ गणना थालिएको छ । अहिले पुस्तकालय गणना शुरु भएको छ ।

टिप्पणीहरू