निर्मलाका हत्याराको खुल्नै लाग्यो नालिबेली
निर्मलालाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भइवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन, सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ । केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट, डिएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल अनि सिआईबी, मेट्रो र विशेष ब्युरोका झण्डै दुई दर्जन अफिसरसहितको टोलीलाई डेढ महिनाअघि निर्णायक अनुसन्धानमा कञ्चनपुर खटाएपछि प्रहरी यस्तो परिणामनिकट पुगेको हो । पहिला मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह विष्टजस्ता व्यक्ति समातिए जस्तै यो टोलीले थप पाँच जना रोगी फेला पारिसकेको बताइन्छ ।
प्रहरी अनुसन्धानअनुसार, निर्मला पन्तलाई जुन ठाउँमा लगेर दुव्र्यवहार गरियो । घटनाभन्दा ६ महिनाअघिदेखि त्यस्ता क्रियाकलाप त्यहीं हुँदै आएका थिए । त्यही ठाउँमा अर्की युवतीमाथि पनि बलात्कार प्रयास भएको खुलेको छ । डेढ महिनाअघि निर्मला बलात्कृत भएको घटनास्थलभन्दा २० मीटर पर अर्को प्रयास भएको र, यसप्रकार उही व्यक्तिबाट १७–१८ जना युवती पीडित भएको पत्तो लागेको छ । प्रहरीसँग नाम र सम्पर्क नै छ, पीडितहरुको । बोल्ने त प्रहरीमा गुहार माग्न पुग्ने मान्छेमात्रै हुन् । कतिपयले घरपरिवारमा ‘उसले यस्तो ग¥यो’ सम्म पनि भन्न सकेका छैनन् ।
प्रहरीले फेला पारेको छ– एक युवती १० पटकभन्दा बढी त्यही पुरुषबाट पीडित भएकी । स्कूल पढ्ने ती छात्राले अहिलेसम्म घरमा पनि त्यसबारे भनेकी छैनन् । निर्मला बलात्कृत भएकै उखुबारीमा माघको पहिलो साता ती पुरुषले अर्की एक बालिकालाई लखेटेका थिए । बालिका रुँदै घर पुगिन् । टोलका मान्छेले सोधखोज गरेर दुराचारीलाई लखेटे । टोलका मान्छेले समाउन सकेनन् र छाडिदिएपछि आफैँ गएर झार सफा गरे । त्यसपछि स्थानीय प्रहरीलाई खबर भई केही दिन गस्ती बढ्यो ।
प्रहरीको आवत÷जावत बढेपछि ती पुरुषले ठाउँ फेरेर युवती र बालिकालाई झम्टिने अर्को ठाउँ बनाए । साउनको पहिलो साता फेरि अर्की बालिकामाथि प्रयास भयो । तीनपटकको दुव्र्यवहारबारे तेस्रो दिन बालिकाले नजिकै आएकी आन्टीलाई भनिन् । आन्टीले प्रतिवाद गर्न खोज्दा केटो उखुबारीबाट भाग्यो । यसरी माघदेखि फागुन, बैशाख र जेठमा उनले विभिन्न बालिकामाथि यौनजन्य आक्रमणको प्रयास गरेको थाहा लागिसकेको छ । निर्मलालाई उठाएकै ठाउँबाट अर्की एक बालिकामाथि प्रयास गरिएको पनि पुष्टि भएको छ । १३ वर्ष ६ उमेरकी होची निर्मला रजस्वला नभएकी बालिका थिइन् ।
यिनै कसुरदारको स्केच प्रहरीले तयार पारिसकेको छ । मान्छे कहाँ छ भनेर व्यापक खोजी हुँदैछ । भारत छिरेको भए केही महिना, देशमै भए केही दिनभित्र समातिने दावी छ । निर्मलाअघि बलात्कार प्रयास भएका बालिका र तिनका आफन्तहरु सम्पर्कमा छन् । प्रहरीको अनुमान छ, ती व्यक्तिको हर्कत, आँट, ज्यानको पर्वाह नगर्ने विशेषता हेर्दा नेपालमै पनि हुनसक्छन् ।
अनेकौँ आशंका
अनुसन्धान क्रममा एउटी युवती फेला परिन्, ‘फलानो केटो मेरो व्बाईफ्रेण्ड हो, त्यसैले ग¥यो’ भन्ने । कारण हो, आफूलाई धोका दिएको रिस फेर्नु । दोष लगाएपछि प्रहरीले लगेर कुट्छ र मनमा शान्ति मिल्छ ! बीचमा पक्राउ परेका प्रदीप रावल, विशाल चौधरीले पनि घटना स्वीकारे, तर डिएनए नमिल्दा छुटे । पछिल्लो अनुसन्धानअनुसार उनीहरुको घटनामा कुनै भूमिका नै छैन ।
छ । अधिकारकर्मीको आफ्नै धन्दा छ । कांग्रेसकी शारदा चन्दले निर्मलाकी कान्छी आमा र बाबुलाई बोकेर हिँडेकी छन् । त्यसमा कञ्चनपुर नगरपालिका, प्रदेश र केन्द्र सरकारले छुट्याएको १८ लाखको स्वार्थसमेत गाँसिएको बताइन्छ ।
टिप्पणीहरू