गगन थापाले भोलि अवधारणा सार्वजनिक गर्ने

गगन थापाले भोलि अवधारणा सार्वजनिक गर्ने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेद्वारी घोषणा गरेका युवा नेता गगन थापाले आफ्नो अवधारणा सार्वजनिक गर्ने भएका छन् । काँग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि थापाले आफ्नो अवधारणा सार्वजनिक गर्न लागेका हुन् ।

काँग्रेसलाई रुपान्तरण गरेर ‘समुन्नत नेपालः सम्मानित नेपाली’ को संकल्प पूरा गर्न सक्ने पार्टी बनाउने थापाको अठोट छ । उनले भनेका छन्, ‘समुन्नत नेपालः सम्मानित नेपाली’ को हाम्रो संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन नेपाली काँग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवम् सल्लाह सुझावको अपेक्षा गरेको छु ।’

कार्यक्रम भोलि दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने जनाइएको छ ।

टिप्पणीहरू