बन्दी कार्यकर्ताको मन जित्दै विप्लव

बन्दी कार्यकर्ताको मन जित्दै विप्लव

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) सँग ओली सरकारद्वारा गरिएको सम्झौता देउवा सरकारले कार्यान्वयन नगर्दा महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आफ्ना कार्यकर्ताहरुलाई भेट्न देश दौडाहा गर्नु परेको छ ।

कारागारमा बन्दी जीवन बिताइरहेका आफ्ना कार्यकर्ता, सर्वसाधारणसँगको भेटघाट र भलाकुसारी गर्दै विप्लव पाँच दिनदेखि पूर्वी नेपालमा व्यस्त छन् । मंसिर आइतबार झापा पुगेका विप्लव सोमबार गते सूर्योदयको दृश्यावलोकन गर्ने थलो इलामको अन्तुमा देखिए ।

त्यहाँ उनले आफ्ना कार्यकर्ता मात्र नभएर अन्य दलका नेता, कार्यकर्ता र व्यवसायीहरुसँग समेत भेटभाट गरेका थिए । मंसिर मंगलबार सूर्योदयको दृश्यावलोकनपछि फिक्कलमा आयोजित साबिक मेची अञ्चलका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छन् ।

कार्यक्रममा कार्यकर्ता बाहेक कसैलाई प्रवेश दिइएको थिएन । प्रशिक्षणमा पार्टीको वर्तमान अवस्था र भावी रणनीतिको विषयमा रिपोर्टिङ्ग लिनुका साथै प्रशिक्षण समेथ दिइएको बताइएको छ । हिजो दिउँसो इलाम सदरमुकाम पुगेका विप्लवले इलाम कारागारमा बन्दी जीवन बिताइरहेका चार जना कार्यकर्तालाई भेटेका छन् । त्यसपछि उनले सदरमुकाममा आफ्ना र केही अन्य दलका कार्यकर्ताहरुसँग समेत भलाकुसारी गरेका हुन् ।

चमैतास्थित रत्न वान्तावाको घर र उनले खनेको सुरुङ्गसम्म पुगेर फर्कने कार्यक्रम तय भए पनि समय अभावलाई देखाउँदै हिजै साँझ महासचिव विप्लव झापा फर्केको नेकपाका इलाम इञ्चार्ज सुमनसिंह पौडेलले जानकारी दिएका छन् ।

अघिल्लो ओली सरकारले वार्ताको समयमा गरेको सम्झौता वर्तमान सरकारले कार्यान्वय नगरेकाले अहिले पनि एक सय २९ जना कार्यकर्ताले बन्दी जीवन बिताइरहेको पनि पौडेलले बताए ।

टिप्पणीहरू