दलाई लामाको फोटोमा पूजा गरेर मानवअधिकार दिवस मनाईंदै
आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । सरकारी तवरमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको छ । तर,काठमाडौंमा रहेका तिब्बती समुदायले मानवअधिकार दिवस फरक ढंगले मनाउन लागेका छन् ।
उनीहरुले धार्मिक नेता दलाई लामाको फोटोमा पूजा गरेर मानवअधिकार दिवस मनाउन लागेका छन् । अहिले बिहान साढे ८ बजे स्वयम्भु नजिकै हलचोकमा उक्त कार्यक्रमको आयोजना गरिएको छ ।
दलाई लामाले नोबल शान्ति पुरस्कार पाएको उपलक्ष्यमा भन्दै तिब्बती शरणार्थीहरु शुभकामना आदानप्रदान तथा उनको फोटोमा पूजाआज गर्न अहिले हल्चोकमा भेला भएका छन् ।
उनीहरु स्थानीय बकरा सेवा समाजको भवनमा भेला भएका हुन् ।
टिप्पणीहरू