भारतमा अन्तर्राष्ट्रिय व्यवसायिक उडान फेरि स्थगित

भारतमा अन्तर्राष्ट्रिय व्यवसायिक उडान फेरि स्थगित

भारत सरकारले अन्तर्राष्ट्रिय व्यवसायिक उडानमा लगाइएको रोक अझै डेढ महिनासम्म शुरु नगर्ने निर्णय गरेको छ । कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण थप फैलिन नदिने उद्देश्यले अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई ३१ जनवरीसम्म स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले ३१ जनवरीसम्म व्यवसायिक उडान स्थगित भएको जानकारी दिएको छ । यो निर्णय अन्तर्राष्ट्रिय कार्गो उडानमा भने लागू हुने छैन । महानिर्देशनालयले केही अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई भने विशेष परिस्थितिमा अनुमति दिन सकिने जनाएको छ ।

भारतले यसबीचमा ३० भन्दा धेरै वटा मुलुकसँग एयर बबल सम्झौता गरेको छ । आगामी डेढ महिनामा ती सम्झौता अनुसारका उडान भने जारी रहने छ । भारतले यसअघि १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बताएको थियो ।

टिप्पणीहरू