सबै नेताका अघिल्तिर राजेन्द्र लिङ्देनले किन चोरको प्रसंग निकाले ?

सबै नेताका अघिल्तिर राजेन्द्र लिङ्देनले किन चोरको प्रसंग निकाले ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सर्वसाधारणले नेता पुग्दा ‘चोर आयो’ भन्ने गरेको सन्दर्भ उल्लेख गरेका छन् ।

काठमाडौंमा जारी नेपाली काँग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले नेताप्रति सर्वसाधारणको विश्वास नरहेको र वितृष्णा जागेको बताउँदै नेता आउँदा ‘चोर आयो’ भन्ने गरेको भावना बढ्दै गएको बताएका छन् ।

उनले भने, ‘सरकार सरकार जस्तो छैन, संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन । सबैलाई ठीक लगाउने राजनीतिले हो । राजनीतिलाई ठीक लगाउने नेताले हो । तर नेताप्रति सर्वसाधारणको विश्वास छैन । नेता आउँदा चोर आयो भन्न थालेका छन् ।’

उनले दलको महाधिवेशन वैधानिकता प्रदान गर्ने मात्रै नभई नेतृत्व चयन र बिग्रिएको छबि सुधार्ने अवसर समेत भएको बताएका छन् । उनले राष्ट्रप्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

टिप्पणीहरू