नेपग्याजमको रोस्ट एण्ड र्‍याप ब्याटलको ट्रेलर सार्वजनिक
नेपग्याजमले भर्खरै रोस्ट एण्ड र्याप ब्याटल (Roast & Rap Battle) को पछिल्लो श्रृंखलाको ट्रेलर सार्वजनिक गरेको छ । नेपाली स्ट्याण्डअप कमेडीमा ५ वर्षदेखि निरन्तरता दिँदै आएको नेपग्याजम कमेडीले रोस्ट एण्ड र्याप ब्याटलको नयाँ श्रृंखला शुरु गर्न लागेको हो । उसले एउटा फरक प्रयोगसहितको ट्रेलर आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको छ ।
ट्रेलरमा कलाकार लेखमणि त्रिताल आफैँ तीन फरक पात्र (लेखमणि त्रिताल,रमेश अंकलको छोरो र रमेश चाचा के लैका) लाई एउटै स्क्रिनमा एकअर्कासँग ब्याटल गर्दै गरेको देख्न सकिन्छ ।
कलाकार त्रितालले धेरै अघिदेखि नै आफूले अभिनय गरेका पात्रहरुलाई एउटै स्क्रिनमा ल्याउने योजना रहेको भए पनि कहिले कोरोना र कहिले लकडाउनलगायतका कारणले पूरा गर्न नसकिएको र यसलाई लिएर आफू निकै उत्साहित रहेको समेत बताएका छन् ।
भन्छन् ‘केही दिनअघि साथीहरुको बसाइमा ट्रिपल रोल गर्ने कुरो भयो र सामग्री तयार गर्यौं । म उत्साहित छु, मिहिनेतका साथ यसको उत्पादन तथा सम्पादनमा एउटा राम्रो अभ्यास गरेका छौं । पहिलो ट्रेलरमा दर्शकले देखाउनुभएको प्रतिक्रिया तथा जोश हेर्न लायक छ । आशा छ फाइनल सामग्रीले यहाँहरुलाई मनोरञ्जन प्रदान गर्नेछ ।’
नेपग्याजमको ट्रेलरलाई लिएर दर्शकहरूबाट राम्रो प्रतिक्रिया आएको बताइएको छ । रोस्ट एण्ड र्याप ब्याटलको यो श्रृंखला नेपग्याजमको आधिकारिक युट्युबबाट हेर्न सकिन्छ ।
टिप्पणीहरू