ओमिक्रोन पत्ता लाग्ने किट भारतले बनायो

ओमिक्रोन पत्ता लाग्ने किट भारतले बनायो

विश्वभर अहिले कोभिड–१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ । ओमिक्रोन फैलिएसँगै विश्वमा थप चिन्ता थपिएको छ । नयाँ भेरिएन्ट पीसीआर वा एन्टिजेन परीक्षणबाट मात्र पत्ता नलाग्ने विज्ञहरुले बताएका छन् ।

ओमिक्रोन पत्ता लगाउन जिन सिक्विन्सिङ् गर्नुपर्ने हुन्छ जसका लागि नतिजा आउन केही दिन लाग्छ । यसैबीच भारतका वैज्ञानिकले दुई घण्टामै ओमिक्रोन भेरिएन्ट पत्ता लगाउने किट बनाएको दाबी गरेका छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरुको टिमले यस्तो किट बनाएको जानकारी दिइएको छ । डा. विश्वज्योति बोरकाकोटीको टोलीले दुई घण्टामै ओमिक्रोन पत्ता लगाउने किट बनाएको दाबी गरेको छ ।

वैज्ञानिकहरुले हाइड्रोलाइसिस जाँचमा आधारित किट बनाएको र यसले दुई घण्टामै ओमिक्रोन भेरिएन्ट भए नभएको पत्ता लाग्ने भनिएको छ । विश्वका अन्य मुलुकलगायत भारतमा समेत ओमिक्रोन भेरिएन्ट फैलिरहेको बेलामा भएको यो अविष्कारलाई ठूलो उपलब्धि मानिएको छ ।

टिप्पणीहरू