युट्युबमा अश्लिल भिडियो देखाउने युवक पक्राउ

युट्युबमा अश्लिल भिडियो देखाउने युवक पक्राउ

युट्युब च्यानलमा अश्लिल शीर्षक राखेर समाजमा अश्लिलता फैलाएको आरोपमा २१ वर्षे युवक पक्राउ परेका छन् ।

अश्लिल शीर्षक र भिडियो युट्युब र सामाजिक सञ्जालमा प्रशारण गर्ने कालिकोट जिल्ला पचाल झरना गाउँपालिका ९ स्थायी घर भएका र हाल बूढानीलकण्ठ नगरपालिका ४ बस्ने भरतबहादुर तिरुवाल प्रहरीको फन्दामा परेका हुन् ।उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेकाले सोहीबमोजिम कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू