बत्तीसपुतलीमा कोइराला प्यानलको पत्रकार सम्मेलन

बत्तीसपुतलीमा कोइराला प्यानलको पत्रकार सम्मेलन

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छाड्ने बताएका छन् ।

आज साँझ बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दै कोइरालाले अहिलेका सभापति तथा उनका प्रतिष्पर्धी शेरबहादुर देउवालाई पराजित गरेरै छाड्ने दाबी गरे ।

कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन भए सरकार परिवर्तन हुन्छ भन्ने देउवाको अभिव्यक्तिको पनि खण्डन गरेका छन् । आफू सभापति निर्वाचित भए वर्तमान सरकारलाई थप मजबुत पारेर लैजाने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार डा. मीनेन्द्र रिजाल,उपाध्यक्षका उम्मेदवार चन्द्र भण्डारी, सहमहामन्त्रीका उम्मेदवार तेजुलाल चौधरी,विकास लामालगायतका नेताहरु उपस्थित छन् ।

टिप्पणीहरू