उपत्यका कमिटी घोषणा गर्न माओवादीलाई सकस

उपत्यका कमिटी घोषणा गर्न माओवादीलाई सकस

माओवादीको जारी प्रदेश सम्मेलनअन्तर्गत उपत्यका प्रदेश विशेष कमिटीको नेतृत्व चयनमा सकस देखिए पनि भर्खरै पदाधिकारी घोषणा गरिएको छ । लामो समयदेखिको रस्साकस्सीपछि पदाधिकारीसहित १ सय ४१ सदस्यीय कमिटी घोषणा गरिएको हो ।

ललितपुरको भैंसेपाटीस्थित क्वालिटी बैंक्वेटमा भएको बन्द सत्रमा जगत सिंखडाको अध्यक्षतामा सर्वसम्मत कमिटी बनाइएको छ । जसमा उपाध्यक्ष कृष्ण केसी,संगीता खड्का र प्रकाश पाण्डे छन् ।

सचिवमा सुरेन्द्र बस्नेत, सहसचिवद्वयमा गोगनबहादुर मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारीलाई राखिएको छ । एक सहसचिव भने खालि राखिएको जानकारी बन्दसत्रमा दिइएको छ ।

टिप्पणीहरू