प्रधानमन्त्री देउवा मत हालेर बालुवाटार

प्रधानमन्त्री देउवा मत हालेर बालुवाटार

प्रधानमन्त्री शेरबहादुर देउवा मतदान गरेर निस्किनु भएको छ।

मतपत्र लिएर बुथभित्र छिर्नु भएका देउवा झन्डै एक घन्टापछि अर्थात् पौने १ बजे बाहिर निस्किनु भएको हो ।

उहाँ मध्याह्न १२ बजे मतदानका लागि राष्ट्रिय सभा गृह प्रवेश गर्नु भएको थियो ।

नेपाली कांग्रेसले कागजकै मतपत्र बनाएको छ । मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ । मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ ।

प्रदर्शनीमार्गमा तीन ठाउँ मतदान केन्द्र बनाइएको छ ।

टिप्पणीहरू