एमसीसीको बिरोधमा चितवन बन्द
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को बिरोधमा आज चितवन बन्दको कार्यक्रम राखिएको छ । सम्झौता नेपाल र नेपाली जनताको हित विपरीत रहेको भन्दै बन्द कार्यक्रम राखिएको हो ।
१३ वटा राजनीतिक दलसहितको एमसीसी सम्झौता खारेजीको लागि गठित संयुक्त संघर्ष समितिको आयोजनामा आज चितवन बन्दको कार्यक्रम राखिएको हो । आयोजकले हिजो चितवनमा मसाल जुलसको आयोजना गरेको बताइएको छ ।
एमसीसी पारित गर्न विभिन्न खालका षड्यन्त्रहरु जारी रहेको आकलन गर्दै समितिले आजको बन्दमा शैक्षिक संस्था, कलकारखाना, बजार र यातायात पूर्णरुपले ठप्प पार्न आह्वान गरेको छ । आजै दिउँसो २ बजे संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ ।
टिप्पणीहरू