देउवालाई ८२ भोट कमि,अर्को राउण्डमा शेखर बलियो हुने
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा हिजो भएको मतदानको अन्तिम परिणाम आएको छ । सभापति पदको मतगणनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलो चरणमा विजयी हुन ८२ मत अपुग भएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी शेखर कोइराला हुनुभएको छ । काँग्रेसको विधानअनुसार कुनै पनि उम्मेदवारलाई कूल खसेको मतको ५१ प्रतिशत मत प्राप्त नभएकाले अब दोस्रो चरणको निर्वाचन हुने भएको छ ।
दोस्रो चरणमा धेरै मत ल्याएका देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । उनीहरुमध्ये देउवालाई प्रकाशमान सिंह वा विमलेन्द्र निधिको मत निर्णायक हुनेछ भने कोइरालालाई सिंह र निधि दुबैको मत आवश्यक देखिएको छ ।
टिप्पणीहरू