काँग्रेसमा सबैको मत ५० प्रतिशत कम,निधि र सिंहले साथ दिए शेखर सभापति

काँग्रेसमा सबैको मत ५० प्रतिशत कम,निधि र सिंहले साथ दिए शेखर सभापति

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको सभापति पदको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको छ । जसमध्ये प्रधानमन्त्री तथा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई २ हजार २ सय ५८ मत प्राप्त भएको छ ।

विधानअनुसार उहाँलाई विजयी हुन ८२ भोट अपुग भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १ हजार ७ सय २९, प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

सभापतिको मतगणना सकिएसँगै कुनै पनि उम्मेदवारलाई बहुमत प्राप्त भएको छैन । बहुमतको निम्ति २ हजार ३ सय ४० अर्थात् ५० दशमलव १ प्रतिशत मत नपुग्दा दोस्रो चरणमा मतदान हुने भएको हो ।

निधिले यसअघि नै दोस्रो चरणको निर्वाचन भएमा आफूले कोइरालालाई समर्थन गर्ने बताइसकेका छन् । निधिको २ सय ४९ र प्रकाशमान (३७१) ले पनि उनैलाई समर्थन गरे देउवाको पराजय निश्चित हुनेछ । त्यसो हुँदा शेखरको २३ सय ४९ र देउवाको २२ सय ५८ मत कायम हुनेछ ।

त्यही अवस्थलाई ध्यानमा राखेर प्रधानमन्त्रीले आज सबेरै सिंहसँग भेटघाट गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई सिंह निवास चाक्सीबारी पठाउनुभएको छ । निधिले यसअघि नै मुख खोलेर बिरोध गरेकाले सिंहलाई मनाउनुबाहेक अर्को विकल्प देउवासामु नरहेको बताइन्छ ।

टिप्पणीहरू