रामचन्द्रका समर्थकले गरे प्रधानमन्त्रीलाई हुटिङ

रामचन्द्रका समर्थकले गरे प्रधानमन्त्रीलाई हुटिङ

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थकले प्रधानमन्त्री शेरबहादुर देउवाको विरोधमा हुटिङ गरेका छन् । केही बेरअघि लैनचौरस्थित एउटा पार्टी प्यालेसमा पुग्दा उहाँलाई हुटिङ गरिएको छ ।

महाधिवेशन प्रतिनिधिहरुको सम्मानमा पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन जाँदा प्रधानमन्त्रीको बिरुध्दमा हुटिङ गरिएको हो ।

कार्यक्रममा सभापतिको अर्का उम्मेदवार शेखर कोइराला,नेताहरु रामशरण महत,बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायत झण्डै तीन सय जना छन् ।

प्रधानमन्त्री कार्यक्रमस्थलमा छिर्ने बित्तिक्कै पौडेल समर्थकले शेखरलाई मतदान गरौं,रामचन्द्र पौडेल बोल्नैपर्छ,शेखर हाइहाई भन्ने नारा लगाएका छन् ।

टिप्पणीहरू