काँग्रेसको पुनः मतदान शुरु

काँग्रेसको पुनः मतदान शुरु

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा दिउँसो साढे ३ बजेदेखि मतदान शुरु भएको हो ।

पहिलो चरणमा सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि बढी मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो । मतदानका लागि प्रतिनिधिहरु लाइन लागिसकेका छन् ।

प्रधानमन्त्री तथा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले दोस्रो चरणको मतदानको शुभारम्भ गर्नुभएको हो ।

टिप्पणीहरू