त्रिपाठीको छुट्टै पार्टी, पूर्वसभामुख ढुंगाना उहाँसँगै
गत निर्वाचमा सूर्य चिन्हबाट चुनाव जितेर केपी ओली नेतृत्वको सरकारमा मन्त्री बनेका हृदयेश त्रिपाठीले छुट्टै पार्टी खोलेका छन् । स्वतन्त्र राजनीतिक समूहका नाममा क्रियाशील त्रिपाठीले आज राजधानीमा पत्रकार सम्मेलन मार्फत् जनता प्रगतिशील पार्टी घोषणा गरेका हुन् ।
पार्टी घोषणा गर्दै त्रिपाठीले राष्ट्रिय राजनीतिलाई ट्रयाकमा ल्याउन नयाँ पार्टी गठन गर्नुपरेको जानकारी दिएका छन् । उनले कसैको बिरोधका लागि नभई केही नयाँ शुरुआतका लागि पार्टी गठन गरेको पनि बताए । पार्टी घोषणा कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थ सचिव रामेश्वर खनाललगायतको समेत उपस्थिति रहेको थियो ।
त्रिपाठीले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट अलग भएर स्वतन्त्र राजनीतिक समूह गठन गरेका थिए । त्यसयता उनको एमालेसँग निकटता थियो । मन्त्री रहेका बेला उनी एमालेमा प्रवेश गर्ने चर्चासमेत चलेको थियो ।
टिप्पणीहरू