फेवातालमा १६ हजार माछा
स्वदेशी जातका माछाको संख्या बढाउने उद्देश्यले पोखराको फेवातालमा १६ हजार भुरा माछा छाडिएको छ । फेवातालको प्राकृतिक सन्तुलन बनाइराख्नको लागि पोखरा महानगरपालिका–१८ को वडास्तरीय बजेटबाट तालमा १६ हजार माछाका भुरा छाडिएको हो ।
महानगरकी कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङको अगुवाइमा तालमा भुरा माछा छोडिएको हो । हाल फेवातालमा सिल्भर काप र विगहेड जातका माछाका भुरा छोडिएको छ ।
माछा भुरा छाड्ने कार्यले माछा मार्ने मात्रै नभएर संरक्षण पनि गर्नुपर्छ भन्ने सन्देश दिएको महानगरको विश्वास छ । यसले जलारी समुदायलाई केही सहज हुने पनि अपेक्षा गरिएको छ ।
फेवातालमा विभिन्न फरक-फरक प्रकृतिका माछालाई व्यावसायिक रुपमा पालन गर्न सकेको खण्डमा पर्यटकका समेत आकर्षित हुने गर्दछन् । तर, पछिल्लो समय करेन्ट र विषादी प्रयोगले स्थानीय जातका माछा लोप हुँदै आएको ठहर महानगरको छ ।
स्थानीय माछाको संख्यामा वृद्धि गर्न हरेक वर्ष माछाको भुरा फेवातालमा छोड्ने गरिएको छ ।
टिप्पणीहरू