सिउँदोमा सिन्दुर परेपछि बेहुलीले भनिन्, ‘म बिहे गर्दिन’

सिउँदोमा सिन्दुर परेपछि बेहुलीले भनिन्, ‘म बिहे गर्दिन’

विवाहले दुई जनासंग मात्र नभई पुरै परिवारसंग सरोकार राख्दछ । केटाकेटीको मन मिलेपछि र परिवारले सहमति जनाइसकेपछि मात्रै वैवाहिक प्रक्रिया अघि बढाइन्छ । तर,भारतको उत्तर प्रदेश अलिगढमा बेहुलाले सिन्दुर हालेर सबै रीतिरिवाज सम्पन्न गरेपछि बेहुलीले विवाह अस्वीकार गरेकी छन् ।

अलिगढको छर्रास्थित सिरौलीमा जन्त आएका बेहुलाले सिन्दुर हालिसकेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरेको घटना सार्वजनिक भएको हो । बेहुली लिन आएका बेहुलालाई परिवारजनले खुब सत्कार गर्यो । सबै जन्तीले भोज खाए, नाचगान गरे,बेहुलाले सिन्दुर पनि हाले,विवाहका सम्पूर्ण विधि पूरा गरियो ।

तर,जब हातमा हल्दी लगाउने बेला भयो बेहुलीले एकाएक बिहे नगर्ने बताइन् । त्यसपछि विवाह समारोहमा तहल्का मच्चिएको बताइन्छ । हल्दी लगाउन बेहुलाले हात अगाडि बढाउँदा हातका ३ औंला काटिएको देखिएपछि बेहुलीले विवाह गर्न असहमति जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहेको कुरा गर्ने क्रममा बेहुलाको औंला काटिएको कुरा लुकाइएको बेहुली पक्षको आरोप छ । आधा बिहे भइसकेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरेकाले स्थानीय स्तरमा तहल्का मच्चिएको छ भने घटना प्रहरीसमक्ष पुगेको छ । हाल प्रहरी विवाद मिलाउने प्रयासमा जुटेको समाचारमा बताइएको छ ।

टिप्पणीहरू