भोलि पनि एसको निरन्तर प्रशिक्षण

भोलि पनि एसको निरन्तर प्रशिक्षण

देशव्यापी संगठन विस्तारमा जुटेको नेकपा (एकीकृत समाजवादी) ले आज बाग्मती प्रदेशस्तरीय कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।

समसामयिक राजनीति,पार्टीको भावी योजनालगायतका विषयमा प्रदेशमा क्रियाशील नेता-कार्यकर्तालाई प्रष्ट पार्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ । काठमाडौँ महानगपालिका-१० सहभागिता मार्गस्थित धन्यवाद पार्टी प्यालेसमा आयोजित कार्यक्रममा

अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा. बेदुराम भुसाल, बाग्मती प्रदेशका सांसद माधवप्रसाद पौडेललगायतका नेताहरुले प्रशिक्षण दिएको एकीकृत समाजवादीले जनाएको छ । उक्त प्रशिक्षण कार्यक्रम भाेलि बिहान १०:३० बजेबाट पुनः शुरु हुने आयोजकहरुको भनाइ छ ।

टिप्पणीहरू