ग्रुप फोरमा गडबडी,त्यही निहुँमा गलफत्ती

ग्रुप फोरमा गडबडी,त्यही निहुँमा गलफत्ती

अखिल नेपाल सेक्युरिटी मजदुर संघ जीफोरएस (G4S) ले व्यवस्थापकसामु ९ सूत्रीय माग राख्दै आन्दोलनमा जाने निर्णय गरेको छ । मजदुरहरुको बृत्तिविकासमा व्यवस्थापन पक्ष अनुदार बनेको तथा श्रमशोषण गरिएको भन्दै मजदुर संघ आन्दोलनमा जाने निर्णयमा पुगेको हो ।

आज विज्ञप्ति सार्वजनिक गर्दै सेक्युरिटी मजदुर संघले न्यूनतम तलब बृध्दि,ग्रेड,बिदा,उपदान, सन्चयकोषलगायत आफूहरुले लामो समयदेखि उठाउँदै आएको ३१ बुँदे माग सम्बोधनका लागि व्यवस्थापन पक्ष तयार नभएपछि आन्दोलनमा जान बाध्य भएको प्रष्ट पारेको छ । मङ्सिर २२ देखि २४ गतेसम्म पटक-पटक भएका वार्तामा व्यवस्थापन समस्या समाधानका लागि गम्भीर रुपमा प्रस्तुत नभएकाले आन्दोलनमा जानु परेको पनि जनाइएको छ ।

यसअघि माग पूरा गर्नका लागि दिएको १५ दिने,७ दिने,३ दिने र २४ घण्टे अल्टिमेटम पूरा हुँदा पनि जीफोरएस व्यवस्थापन पक्षले बेवास्ता गरेको भन्दै विज्ञप्तिमार्फत चरणवध्द आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

जसअनुसार पुस ४ गते जिफोरएसको केन्द्रीय कार्यालय तथा सबै शाखा कार्यालयहरुमा कोणसभासहित कालो झण्डा र ब्यानर प्रदर्शन गर्ने कार्यक्रम छ ।

त्यस्तै,पुस ७ गते इजाजत नलिई गैरकानुनी रुपमा सरसफाई कार्यमा श्रमिक आपूर्ति गरेर मजदुरको भविष्य जोखिममा पारेको,नियमित रुपमा सामाजिक सुरक्षा कोषमा पैसा जम्मा नगरेको,कोषमा जम्मा गर्नुभन्दा अगाडिको उपदान, सन्चयकोषको रकम फिर्ता नगरेको र व्यवस्थापन पक्षले आर्थिक हिनामिना गरेको सम्बन्धमा श्रम कार्यालय,श्रम विभाग र सामाजिक सुरक्षा कोषको ध्यानाकर्षण गराउने जनाइएको छ ।

पुस १० गतेदेखि जीएसफोरका सबै प्रतिष्ठानहरुमा व्यवस्थापनले गरेको मजदुरमारा कार्यको पत्रमार्फत भण्डाफोर गर्ने,२० गतेदेखि माग पुरा नभएसम्म मजदुर मारा कार्यको भिडियोमार्फत भण्डाफोर गर्ने, पुस ३० गतेदेखि व्यवस्थापन पक्षले गरेको ज्यादतिको अन्तराष्ट्रियकरण गर्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी,घोषित आन्दोलनका अन्य कार्यक्रमहरुमा माघ ५ गतेदेखि जीएसफोरका सबै कार्यालयहरुमा नारा जुलुससहित कोणसभा गर्ने, १५ गतेदेखि रिले अनसन,२५ गतेदेखि व्यवस्थापनलाई कार्यालय प्रवेशमा रोक लगाउने र फागुन ५ देखि तालाबन्दी गर्ने भनिएको छ ।

टिप्पणीहरू