टीकापुर क्षयरोगमुक्त नगरपालिका बन्ला ?

टीकापुर क्षयरोगमुक्त नगरपालिका बन्ला ?

टीकापुर नगरपालिकालाई आगामी पाँच वर्षमा क्षयरोगमुक्त नगरपालिका बनाउने अभियान थालिएको छ । सरकारले टीकापुरसहित मुलुकका २२ पालिकालाई क्षयरोगमुक्त पालिका बनाउने योजना बनाएको हो । जसमा सुदूरपश्चिमका तीन पालिका छन् । कैलाली क्षयरोगको उच्च जोखिममा रहेको जिल्ला हो ।

क्षयरोगमुक्त पालिका बनाउन प्रतिवर्ष प्रति १० लाखमा १ भन्दा कम बिरामीको संख्या भएमा अन्त्य भएको मानिने छ । क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगरप्रमुखको संयोजकत्वमा नगर उपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समेत समिति गठन गरी काम थालिएको हो ।

कार्यक्रमअन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य थालेको छ ।

टिप्पणीहरू